arrow

एलन मस्ककाे 'प्राइभेट जेट ट्र्याक' गर्दै १९ वर्षीय किशोर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
elon-musk-private-jet.jpg

काठमाडौं । अमेरिकाको फ्लोरिडाका १९ वर्षीय ज्याक स्वीनीले विश्वकै धनाड्य अर्बपति एलन मस्कको प्राइभेट जेट ट्रयाक गर्ने गरेका छन् ।

उनले ट्विटरमा एलन मस्कको जेट नामको अकाउन्टबाट मस्कको प्राइभेट जेट कहाँ जाँदै छ, कहाँ अवतरण हुँदैछ र कति घण्टाको फ्लाइट छ भन्नेलगायतका कुरा सार्वजनिक गर्दै आएका छन् ।

यसबीच एलन मस्क आफैले ती किशोरलाई म्यासेज गरेर सुरक्षा खतरा हुने भएका कारण यसो गर्न रोक्न माग गरेका छन् ।

नोभेम्बर ३० मा मस्कले आफैले म्यासेज गरेर 'के तिमी यो रोक्न सक्छौं, यो सुरक्षा खतरा हो', भनेका छन् । मस्कले ५ हजार अमेरिकी डलर करिब ६ लाख नेपाली रुपैयाँ समेत दिने प्रस्ताव गरेको प्रोटोकलले जनाएको छ ।

तर, ती युवक स्वीनीले कलेज शुल्क र टेस्लाको मोडेल ३ कार किन्ने भन्दै ५० हजार अमेरिकी डलरको माग गरेका छन् ।

त्यसको जवाफमा मस्कले 'मलाई नटकेसले गोली हानेको जस्तो विचार मन नपर्ने' भनेका छन् । ती किशोरले जवाफमा 'पारिश्रमिक बाहेक अन्य विकल्पहरू जस्तै इन्टर्नशिपले यसलाई हटाउन धेरै सजिलो बनाउँदछ', भनेका छन् ।

यसको जवाफ मस्कले दिन बाँकी छ । पछिल्लाे म्यासेज जनवरी १९ मा साँटासाँट भएकाे छ ।

ती युवकले मस्कलाई ब्लकिङ प्रोग्राम प्रयोग गर्न सुझाव दिएका छन् । तर, उनले भने सोबाटै पनि मस्कको प्राइभेटको डेटा थाहा पाइरहेका छन्

उनले मस्कझैं अन्य अर्बपतिर हाइ प्रोफाइलको प्राइभेटको जेटको तथ्यांक सार्वजनि गर्ने गरेको बताइएको छ । यसका लागि उनले एडबीएसबी प्रणालीको प्रयोग र बुटको प्रयोग गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ