arrow

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध विपक्षी दलको ट्र्याक्टर ट्रली मार्च

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ १८ मंगलबार
pakistan-Tehreek-e-Insaf-bhutto.jpeg

इस्लामावाद। पाकिस्तानको सत्तारुढ दल तहरीक ई इन्साफ (पीटीआई) को खराब कृषि नीतिहरूको विरोध गरिरहेका किसानहरूको समर्थनमा पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले शुक्रवार ट्र्याक्टर ट्रली मार्च गरेका छन्। पाकिस्तानी सञ्चारमाध्यम डनको रिपोर्ट अनुसार पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले जुन किसानका हातहरूले मतदान गर्‍यो त्यही किसानहरूलाई सरकारले पीडा दिएको आरोप लगाए।

भुट्टोले अहिलेको सरकारले देशको कृषि अर्थतन्त्रका माध्यमबाट गत तीन वर्षमा समग्र अर्थतन्त्रलाई नोक्सान पुर्‍याएको बताएका छन्।  उनले कृषि नै देशको आर्थिक मेरुदण्ड भएको बताउँदै सरकारको अपर्याप्त कृषि नीतिको विरोधमा उत्रिएका किसानलाई आफ्नो समर्थन जनाएका हुन्।

इमरान खानको पाकिस्तान तहरीक ई इन्साफ (पीटीआई) सन् २०१८ मा सत्तामा आएदेखि उनले किसानहरूले आफ्नो बालीको उचित मूल्य नपाएको दाबी गरेका छन्। जबकि लागत भने निकै बढ्दै गएको छ।

बिलावल भुट्टो जरदारीले लरकाना र साहिवाल डिभिजनबाट जनवरी २१ मा विरोध प्रदर्शन सुरु गर्ने र आफ्ना किसानहरूसँग मिलेर विरोध गर्ने बताएका थिए। उनले पीपीपीले प्रत्येक डिभिजनमा किसान र ट्र्याक्टर मार्च गर्ने बताएका छन्। गत सिजन पानीको अभावका कारण धान बालीमा नोक्सानी भएको उनले बताए  युरिया मलको अभावका कारण अहिले गहुँ बालीमा नोक्सान भइरहेकोप्रति सरकार गम्भीर नभएको उनले बताए।

पीपीपी सूचना सचिव र एमएनए शाजिया मारीले बिहीबार किसानहरूले युरिया मलको अभाव जस्ता ठुला चुनौतीहरूको सामना गरिरहेको र पीटीआई सरकारको किसान विरोधी नीतिहरूको ल्याउन तल्लीन भएको बताइन्। उनले बजारमा अवैध रुपमा एक झोला युरिया मल ३ हजार ५ सय रुपैयाँसम्म पाउन सक्ने र सङ्घीय सरकारले किसानलाई सहयोग नगरेको बताइन्। उनले सङ्घीय सरकारको कृषक विरोधी नीतिको विरुद्धमा पीपीपीले आन्दोलन गर्ने पनि बताइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ