arrow

रविन्द्र इतरका रमेश प्रदेशसभाबाट फेरि सम्मानित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
ramesh-poudel-bibekshil-sajha-party.jpg

बागमती । विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्याल फेरि प्रदेश सभाबाट सम्मानित भएका छन् । उनी अघिल्लो वर्ष पनि सम्मानित भएका थिए । 

उनी विवेकशील साझा पार्टीका सचिवालय सदस्य र संसदीय दलका नेता हुन् । पौड्यालको भूमिका बागमती प्रदेश सभामा सधैँ दमदार रहँदै आएको छ । प्रदेश सभा सांसदहरू उनलाई दमदार प्रतिपक्षको रूपमा चिन्छन् । 

अध्ययनशील नेता पौड्यालले उठाएका प्रश्न र मुद्दाले प्रदेश सभामा निकै प्रभाव परेको छ। सांसदहरूलाई घडेरी दिने विषयको विरोध होस् वा मन्त्रालय फुटाएर मन्त्री बनाउने विषय, सांसदलाई विकास गर्न दिने कोषको विरोध होस् वा कोरोनामा प्रदेश सरकार चुकेको विषय पौड्यालले सधैँ आवाज उठाइरहे । 

प्रदेश सभामा राजधानी तोक्दा काभ्रेमा राजधानी बनाउने विषयमा पूरै प्रदेशमा ३ मत रहँदा पनि त्यो प्रस्तावमा मुख्यमन्त्रीलाई चुनौती दिने पौड्याल थिए । स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा मुद्दा हालेर एक्लो प्रतिपक्ष बनेका पौड्यलले राम्रो नेतृत्व गरिरहेका छन् ।

अहिले पार्टी विवादमा पनि पौड्याल स्पष्टसँग यो व्यवस्थाको पक्षमा, गणतन्त्रको पक्षमा संयोजक मिलन पाण्डेसँग मिलेर नेतृत्व गरिरहेका छन् । उनले रवीन्द्र मिश्रका बैठकहरूको र निर्णयहरूको विरोध गरिरहेका छन् ।

प्रदेश सभाको सातौँ,आठौँ र नबौं अधिवेशनमा सबै बैठकहरूमा सतप्रतिशत उपस्थित भएर विवेकशीलका पौड्याल र शोभा शाक्य, माओवादी केन्द्रका घनश्याम दाहाल, बुद्धिमान माझी र रामलाल महतो तथा नेपाली कांग्रेसकी विजया श्रेष्ठ केसी पनि सम्मानित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ