arrow

भारतीय बजेट : नेपालका लागि छुट्यायो सात अर्ब ५० करोड भारु अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
India-Budget-2021.jpg

काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२२/२३ का लागि बजेट सार्वजनिक गरेको छ । भारत सरकारले सार्वजनिक गरेको बजेटमा नेपालका लागि पनि अनुदान बजेछ छुट्याएको छ ।

यस वर्ष भारतले नेपालका लागि ७ सय ५० करोड अर्थात ७ अर्ब ५० करोड भारतीय रुपैयाँ नेपालका लागि अनुदान छुट्याएको छ । जुन करिब १२ अर्ब नेपाली रुपैयाँ हो । गत वर्ष भारतले नेपालका लागि ९ अर्ब ९२ करोड भारु अनुादन छुट्याएको थियो ।

यस्तै भारतले बंग्लादेशका लागि ३ अर्ब भारतीय रुपैयाँ अनुदान छुट्याएको छ । भारतले मौरिससका लागि ९ अर्ब भारतीय रुपैयाँ अनुदान छुट्याएको छ । अफ्रिका महादेशका लागि भारतले २ अर्ब ५० करोड भारु अनुदान छुट्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ