arrow

सुरक्षा परिषद्मा चर्काचर्की भएपछि अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
russia-ukraine.PNG

काठमाडौं । वाशिंगटन र मस्कोका शीर्ष कूटनीतिज्ञहरूले युक्रेनमाथिको तनावको बिषयलाई लिएर फेरि फोनमार्फत वार्ता गर्ने भएका छन् ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेश मन्त्री सेर्गेई लाभरोभ बीच मंगलबार फोनमार्फत वार्ता हुने बताइएको छ ।

यसअघि हिजो न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसबीच चर्काचर्की भएको थियो ।

सुरक्षा परिषद्मा वाशिंगटनका राजदूतले युरोपको अवस्था निकै खतरनाक भएको भन्दै चेतावनी दिएका थिए । मस्कोका राजदूतले भने अमेरिका र यसका पश्चिमी सहयोगीहरूले तनाव बढाउन खोजेको आरोप लगाएको थियो ।

युक्रेनी सीमामा रुसले लाखौं सेना र हतियार तैनाथ गरेर आक्रमणको योजना बनाएको अमेरिकी चिन्ता छ । यसबीच स्थिती सामान्य बनाउनका लागि अमेरिकी र रुसी उच्च अधिकारीहरुबीच निरन्तर वार्ता चलिआएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ