arrow

इरान र दक्षिण कोरिया विश्वकपमा, यूएई आशामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
FKhgPo3XsAARiRo.jpg

काठमाडौं । कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि इरान र दक्षिण कोरिया छनोट भएका छन् । एसियाली क्षेत्रको समूह ए बाट इरान र दक्षिण कोरिया छानिँदा यूएई छनोट नजिक रहेको छ । 

मंगलबार सिरियालाई २–० ले हराएसँगै दक्षिण कोरिया दुई खेलअघि नै कतारको टिकट काट्न सफल भएको हो । दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे ।

खेलको ५३ औं मिनेटमा किमले तथा ७१ औं मिनेटमा क्वोनले गोल गरेका थिए । 

गएरातिको खेलमा इरानले यूएईलाई १–० ले हरायो । इरानका लागि खेलको ४४ औं मिनेटमा मेहदी तारेमीले गोल गरेका थिए । 

४९ औं मिनेटमा सादेग मोहरामी दोहोरो पहेँलो कार्डसहित मैदानमा बाहिरिँदा इरान १० खेलाडीमा समेटियो । 

तर त्यसको फाइदा युएईले उठाउन सकेन । यदि यो खेल जितेको भए यूएई पनि दुई खेलअघि छानिने सम्भावना बलियो हुने थियो । 

गएरातिको अर्को खेलमा लेबनन र इराकले १–१ गोलको बराबरी खेलेका छन् । 

यो खेलपछि ६ टोली समूहमा आठौं चरणको खेल सकिएको छ । दुई चरणको खेल बाँकी छँदा २२ अंकसहित इरान शीर्ष स्थानमा छ । 

दक्षिण कोरिया २० अंकसहित दोस्रो स्थानमा छ । तेस्रो यूएईको ९, चौथो लेबननको ६, पाँचौं इराकको ५ तथा छैटौं सिरियाको २ अंक रहेको छ । 

 



नयाँ