arrow

विश्वकप छनोटः अर्जेन्टिना र ब्रजिल विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
martinez-argentina.jpg

​काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोट फुटबल अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्रजिल विजयी भएका छन् । आज बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हरायो । अर्जेन्टिना १–० ले विजयी भएको हो । 

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे । २९ औं मिनेटमा मार्टिनेजले गोल गरेका हुन् ।

ब्रजिलले भने पाराग्वेलाई फराकिलो अन्तरले हराएको छ । ब्रजिल ४–० ले विजयी भयो । ब्रजिलका लागि राफिन्हा, फिलिप्पे कौटिन्हो, एन्टोनी र रोड्रिगोले गोल गरे । 

त्यस्तै अन्य खेलमा चिलीले बोलिभियालाई ३–२ ले, उरुग्वेले भेनेजुएलालाई ४–१ ले तथा इक्वेडरले पेरुलाई १–० ले हरायो । 

अहिलेसम्म १० टोली सहभागी यो समूहबाट ब्रजिल, अर्जेन्टिना र इक्वेडरमात्र छानिएका छन् । अझै दुई टोली छानिन बाँकी छ । 

ब्रजिलको ३९, अर्जेन्टिनाको ३५ र इक्वेडरको २७ अंक छ । 

उरुग्वेको २२, पेरुको २०, चिलीको १९, कोलम्बियाको १५ अंक छ । यी चारमध्ये दुई टिम विश्वकपमा छानिने छन् । 

१५ अंकको बोलिभिया, १३ अंकको पाराग्वे र १० अंकबाट पुछारको भेनेजुएला भने बाहिरिएका छन् । 



नयाँ