arrow

कोरियामा संक्रमित बढेको बढै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
korea-south--coronavirus-job.jpg

सोल । दक्षिण कोरियामा दैनिक संक्रमितको सङ्ख्या बढ्दै गएको छ । कोरीयामा दैनिक संक्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित भएका हुन । 

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण तिव्र रुपमा फैलिएकाले दैनिक संक्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ । 

यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोनाभाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । दैनिक संक्रमितको सङ्ख्या २० हजार नाघेको बुधबार पहिलो पटक हो । 

दक्षिण कोरियामा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरुको कुल सङ्ख्या आठ लाख ८४ हजार ३१० पुगेको छ । नयाँ संक्रमित मध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन । भाइरसको फैलावट ग्रामिण क्षेत्रमा पनि धेरै भएको अधिकारीहरुले जनाएका छन् ।  

अहिले संक्रमित अवस्थामै रहेकाहरु मध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ हजार ७८७ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ