arrow

बलूचिस्तानमा पाकिस्तानी सैनिक र विद्रोहीबीच झडप 

logo
एएफपी,
प्रकाशित २०७८ माघ २० बिहिबार
pakistan-fence-Iran-border.jpg

क्वेटा, पाकिस्तान । पाकिस्तानको तनाबग्रस्त क्षेत्र मानिएको बलूचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतङ्ककारी मारिएका सेनाले बिहीबार जनाएको छ । यद्यपि विद्राहीहरूले लडाईँ अझै जारी रहेको र झडपमा दर्जन बढी सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

बालोच विद्रोहीहरूले गत महिना लाहोरको पूर्वमा रहेको ठूलो सहरमा भएको घातक बम विस्फो सहित हालैका हप्ताहरूमा पाकिस्तानी सेनाविरुद्ध आक्रमण बढाएका छन् ।

इरान र अफगानिस्तानसँग सिमाना जोडिएको तेल र ग्यासका लागि धनी मानिएको बलूचिस्तानको नौशकी र पन्जगुर जिल्लामा पाकिस्तानी सेनामाथि बुधबार आक्रमण भएपछि झडप भएको आन्तरिक मन्त्री शेख राशिद अहमदले बताए । 

दुई छुट्टाछुट्टै आक्रमणमा जम्मा सात जना सिपाही र १३ जना विद्रोही मारिएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ । तथापि, विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत् दिएको जानकारीमा बालोच लिबरेसन आर्मी (बीएलए) ले पाकस्तानी सुरक्षाकर्मीको शिविरहरूमा भएको आक्रमणमा दर्जनौं पाकिस्तानी सेनाको हत्या गरेको दाबी गरेको छ ।

बिहीबारको अन्ततिर बीएलएले नौशकीमा सरकारी सेनाहरूमाथि गरिएको आक्रमण ‘सफलतापूर्वक पूरा’ भएको र ‘एक अधिकृतसहित पाकिस्तानी सेनाका कम्तीमा १०० कर्मचारीहरू परेको विद्रोहीले दावी गरेको छ ।
 
पाकिस्तानका एक वरिष्ठ सैनिक अधिकृतले उक्त दाबीलाई ‘झूटो’ दावी भएको बताए । आक्रमणमा बीएलएले आफ्ना नौ जना सदस्यहरूको मृत्यु भएको पुष्टि गरेको छ भने पन्जगुरमा अझै झडप चलिरहेको बताएको छ । 

एक स्थानीय संवाददाताले एएफपीसँग बताएअनुसार प्रहरी र अर्धसैनिक गस्तीलाई लक्षित गरी आक्रमण भएको र आक्रमण पछि मोबाइल फोन तथा नेट पनि बन्द भएको बताए ।
 
प्रधानमंत्री इमरान खानले ट्विटरमा पाकिस्तान ‘पाकिस्तानी जनताको सुरक्षाको लागि ठूला त्यागहरू गरिरहने हाम्रा सुरक्षा बलको पछाडि सबै एकजुट भएको’ बताएका छन् । 
 
बलूचिस्तानको केच जिल्लामा जाँचचौकीमा भएको आगलागीमा दस पाकिस्तानी फौजको मृत्यु भएको एक हप्तापछि यो आक्रमण भएको छ । 

बलूचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो, कम जनसंख्या भएको र गरिब प्रान्त हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ