arrow

आईएसका नेता कुरेशी मारिए, परिवारसहित आफैंलाई गराए विष्फोट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
is-zbu-ibrahim-al-hashami-al-qureshi.jpg

काठमाडौं । आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेशी मारिएका छन् । सिरियामा अमेरिकी सेनाले गरेको विशेष कारबाहीमा परी कुरेशी मारिएका हुन् । 

रातभर चलेको गोलीबारीपछि कुसेशी लुकेको अखडालाई अमेरिकी सेनाले घेरा हालेपछि कुरेशीले आफैंंलाई विष्फोट गराएर मारेको बीबीसीले लेखेको छ । आफू बच्ने सम्भावना नदेखेपछि उनले परिवारसहित आत्मघाती विष्फोट गराएका हु्न् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको खुलासा गरेका हुन् । उनले कुरेशीको मृत्युले विश्वमा आतंकवादी चुनौती हटेको पनि बताएका छन् । 

उत्तरी सिरियाको एक शहरमा कुसेशी बस्दै आएको गोप्य सूचनाको आधारमा अमेरिकी सेनाले आक्रमण गरेको हो । आईएसले यो घटनाबारे अझै केही बताएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ