arrow

बेइजिङ ओलम्पिकमा भारतको कुटनीतिक बहिस्कार, कारण फाबाओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
ki-fabao-galwan-china.JPG
की फाबाओ

काठमाडौं । चीनको बेइजिङमा आजदेखि विन्टर ओलम्पिक शुरु हुँदैछ । उक्त ओलम्पिकमा चीनका लागि भारतीय राजदूतले ओलम्पिकको कुनै पनि औपचारिक कार्यक्रममा सहभागीता जनाउने छैनन् । 

भारतीय विदेश मन्त्रालयले भारतीय राजदखूत कुनै पनि बेइजिङ ओलम्पिकका कार्यक्रममा सहभागी नहुने बताएको हो । ओलम्पिकको टर्च रिलेमा चीनले त्यस्ता व्यक्तिलाई मशाल सुम्पेको छ जो भारतका लागि दुस्मन हो । 

गलवान घाटी संघर्षमा सक्रिय भएका कमाण्डर की फाबाओलाई मशाल बोक्ने जिम्मा सुम्पेसँगै भारतले कुटनीतिक बहिस्कार गरेको हो । विभिन्न संचारमाध्यमका अनुसार फाबाओ चिनियाँ सेना अर्थात् पिपुल्स लिबरेशन आर्मी (पीएलए) का रेजिमेन्ट कमाण्डर हुन् । सन् २०२० को जुन १५ तारिखमा लद्दाखको गलवान घाटीमा संघर्षका क्रममा फाबाओ गम्भीर घाइते भएका थिए । 

उनलाई भारतीय सेनाले पक्रिएको थियो । पछि उनलाई चीनलाई सुम्पिएको थियो । गत डिसेम्बरमा उनले चिनियाँ सरकारी टीभी च्यानल सीसीटीभीमा एक प्रायोजित अन्तर्वार्ता दिएका थिए । यसमा गलवान घाटीको घटनाबारे बताएका थिए । फाबाओले आफू फेरि गलवान जानका लागि तयार रहेको बताएका थिए । 

उनले चीनको एक इन्च जमीन पनि कसैलाई नदिने बताएका थिए । चीन सरकारले उनलाई वीरता पुरस्कार पनि दिएको थियो । 

५ मे २०२० मा गलवान संघर्षमा भारतका २० सेना मारिएका थिए । अमेरिकासहितका अधिकांश विदेशी मिडियाले चीनका ४० सैनिक मारिएको बताएका थिए , चीनले भने केबल चार जनामात्र मारिएको दाबी गरेको थियो । 



नयाँ