arrow

चार दिनदेखि इनारमा फसेका मोरक्कन बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
well-boy-trapped-morocco.jpg

काठमाडौं। मोरक्कोमा चार दिनदेखि इनारमा फसेका पाँच वर्षीय बालकको उद्धारका लागि अथक प्रयास गर्दा गर्दै मृत्यु भएको छ ।

शाही दरबारले शनिबार सरकारी सञ्चारमाध्यममार्फत विज्ञप्ति जारी गर्दै उद्धारकर्ताले बचाउन अघि नै बालकको मृत्यु भएको बताएको छ।

मोरक्कन राजा मोहम्मद छैठौंले मृतक बालकका आमाबाबुप्रति समवेदना व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ूबालक रायन ओरमको ज्यान गुमाउने दुस्खद दुर्घटना पछि, महामहिम राजा मोहम्मद छैठौंले इनारमा खसेर मृत्यु भएको बालकका अभिभावकलाई बोलाए।

घटनास्थलमा रहेका एसोसिएटेड प्रेसका रिपोर्टरले ती बालकलाई सुरुङबाट बाहिर निकालेपछि पहेँलो कम्बलले बेरिएको देखेका थिए । बालकको उद्धारका लागि उक्त इरान एक साइडबाट खनेर बालक अड्एिको गहिराईसम्म खनिएको थियो ।

इनारमा फसेका पाँच वर्षीय केटाको दुर्दशाले विश्वव्यापी ध्यान खिचेको थियो । उद्धार प्रयासहरू अघि बढ्दै जाँदा रायनका लागि विश्भरबाट आवाज उठेको थियो ।

गत मंगलबार रायन ४५ भिटर भन्दा गहिरो उक्त इनारमा खसेका थिए । तर, उनी ३० किलोमिटर गहिराईमा अड्किएका थिए । उद्धारकर्ताहरुले बुलडोजर प्रयोग गरी इरान खन्दै उनको उद्धार गर्न खोजेका थिए । रसीबाट उनलाई खाना, पानी एवं अक्सिजनसमेत दिने कोसिस गरिएको थियो ।

बीबीसी

पहाड भत्कनबाट सुरक्षित छ कि छैन र इनारमा माटो पसेको त छैन भनी उद्धारकर्ता टोलीले जाँच गर्न अपरेसनलाई धेरै पटक छोटो समयका लागि राक्दै काम गर्दै गरेको थियो । बिहीबार क्यामेराबाट हेर्दा ती बालक जिवितै देखिएका थिए । तर, त्यसपछि उनको अवस्थाकोबारेमा कुनै अपडेट हुन सकेको थिएन ।

सयौं मानिस सोही स्थानमा भेला भएका थिए । उनीहरुले धार्मिक गीत गाउँदै, प्रार्थना गर्दै र अल्लाहु अकबर भन्दै नारा लगाइरहेका थिए। कतिपयले त्यही ठाउँमा क्याम्प पनि राखेका थिए । यो घटना मोरक्कोको चेफचाउएन शहरबाट करिब १०० किलोमिटर टाढा रहेको सानो उत्तरी सहर तामोरोटमा घटेको हो ।

सन् २०१९ मा यस्तै घटनामा स्पेनको मालागा सहर नजिकै एउटा बोरहोलमा खसेर दुई वर्षीय बालकको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ