arrow

कराँचीमा हिंसाका घटनाहरूमा वृद्धि भएसँगै राजनीति तरङ्गित

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ २३ आइतबार
gilgit-baltistan-pakistan-protests.jpg
फाइल तस्बिर

कराँची। पाकिस्तानको कराँचीमा पछिल्लो समय हिंसाका घटनाहरूमा वृद्धि भएको छ। त्यसमा पनि राज्य पक्षबाट नै हिंसा वृद्धिमा प्रश्रय भइरहेको भन्दै राजनीतिक दलहरू चिन्तित बनेका छन्। मुत्ताहिदा कौमी मुभमेन्ट पाकिस्तानका एक कार्यकर्तालाई कराँचीमा प्रहरीले क्रूरतापूर्वक कुटपिट गर्दै हत्या गरेको छ भने अन्य कयौँ घाइते भएका छन्। 

जनवरी २६ मा कराँचीमा मुख्यमन्त्रीको घरबाहिर धर्ना दिइरहेकामाथि प्रहरीको लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। तर, स्थानीय राजनीतिक दलका कार्यकर्ताहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएपछि प्रहरीले निकै क्रूरता प्रदर्शन गरेको हो। जसमा एक जनाको मृत्यु भयो भने अन्य कयौँ घाइते भएका छन्। 

घाइतेमध्ये अधिकांश महिला रहेको बताइएको छ। हालै पारित भएको विवादास्पद स्थानीय सरकार कानुनले अधिकांश अधिकार खोसिएको भन्दै स्थानीय राजनीतिक दलहरूले आन्दोलन गर्दै धर्ना दिएका हुन्। 

उक्त शान्तिपूर्ण आन्दोलनपछि प्रशासनले दमन गर्नुका साथै मृत्यु नै हुने गरी क्रूरता प्रदर्शन गरेको हो। जसमा एक कार्यकर्ताको पुलिस क्रूरताको परिणाम स्वरूप उपचारको क्रममा ज्यान गयो।  तर, सिन्ध सरकारका प्रतिनिधिहरूले प्रहरी दमनका कारण ज्यान गएको भन्ने स्थानीयको दाबीलाई अस्वीकार गरेको छ। 

न्युज इन्टरनेशनलले रिपोर्ट गरेअनुसार प्रहरीले बालबालिका, सांसद र महिलासमेतलाई पनि निर्घात कुटपिट गरेका छन्। सिन्धु सरकारले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनताको लोकतान्त्रिक अधिकारलाई समर्थन गर्नुपर्ने भए पनि दमनकारी नीति लिएको भन्दै आन्दोलनहरू थप चर्किएका छन्। 

सिन्धु प्रान्तको सत्तारुढ दल पाकिस्तान पिपुल्स पार्टीको शीर्ष नेतृत्वलाई यस विषयमा छानबिन गर्ने र स्पष्टीकरण खोज्ने जिम्मा दिइएको छ। बालबालिका र महिलाहरूलाई यस्ता प्रहरी आक्रमणको अधीनमा राख्नु गम्भीर निन्दाको विषय भएको न्यूज इन्टरनेशनलले रिपोर्ट गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ