arrow

एमसीसीको लफडाः सत्ताधारी गठबन्धन छाडेर जनमोर्चा सडकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
Chitra-bahadur-Kc.jpeg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी तीव्र भइरहेको बेला शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको एक घटक सडक आन्दोलनमा होमिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा सहितको पाँच दलीय सत्ता गठबन्धनवाट अलग भएर जनमोर्चा भने एमसीसीको विरोधमा आन्दोलनमा होमिएको हो ।

सत्ता गठबन्धन तथा संघीय संसद भन्दा बाहिर रहेका साना वामपन्थी दलहरुसँग मिलेर चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले २५ माघ र २६ माघका लागि देशैभर विरोध प्रदर्शन गर्ने निर्णय अनुसार सडक संघर्षमा उत्रिएको हो । 

जसअनुसार २५ माघमा देशैभर संयुक्त कोणसभा गर्न लागेका साना वामपन्थी दललाई साथ दिदैँ जनमोर्चाले माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरबाट जुलुससहित संसद भवन अगाडि विरोध प्रदर्शन र देशैभर सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन र सभामा सहभागी हुने निर्णय लिएको छ ।

साना वामपन्थी दलहरुसँग मिलेर सडक संघर्षमा उत्रिएको जनमोर्चाले ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न अपिलसमेत गरेको छ ।

पाँच दलीय गठबन्धनको एक घटक जनमोर्चाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीसँग मिलेर संयुक्त आन्दोलन गर्न लागेको हो । 

सो आन्दोलनमा सहभागी सिंह नेतृत्वको नेकपा (मसाल) जनमोर्चाको माउ पार्टीसमेत हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ