- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मेक्सिको सिटी [मेक्सिको] । मेक्सिकोको क्विन्टाना रू राज्यमा आइतबार बस पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
क्विन्टाना रू अभियोजकको कार्यालयले जनाएअनुसार दुर्घटना एल टिन्टल शहर नजिकैको लाजारो कार्डेनास नगरपालिकाको कन्टुनिलकिन-कानकुन राजमार्गमा भएको थियो र पीडितहरू मध्ये पाँच पुरुष र तीन महिला थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार अटोबस डे ओरिएन्ट कम्पनीको उक्त बस निर्माण सामग्री बोकेको ट्रकसँग ठोक्किएको थियो।
नेशनल इन्स्टिच्युट अफ पब्लिक हेल्थको तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट मृत्यु हुनेको सन्दर्भमा मेक्सिको विश्वभर सातौं र ल्याटिन अमेरिकामा तेस्रो स्थानमा पर्दछ।