arrow

अमेरिकाले दियो रुसबाट जर्मनी पठाइएको ग्यासको पाइपलाइन बन्द गर्ने चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
joe-biden-olaf-scholz.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे जर्मनी पठाइएको रुसी ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएका छन् । उनले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग वाशिङटनमा छलफल गरेपछि यस्तो चेतावनी दिएको बीबीसीले लेखेको छ । 

भेटपछि पत्रकार सम्मेलन गरी बाइडेनले युक्रेन मामिलामा जर्मनी र अमेरिका एकजुट भएको प्रतिक्रिया दिँदै यसबारे सोच्न रुसलाई सचेत तुल्याएका छन् । यसअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मास्कोमा भएको भेटवार्ताका क्रममा युक्रेनमाथि आक्रमण नगर्न आग्रह गरेका थिए । 

रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने शंकामा पश्चिमा राष्ट्रहरु चिन्तित बनेका छन् । रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफूहरुको योजना नरहेको बताउँदै आएको छ ।

र पनि रुसले युक्रेनको सीमानामा एक लाख बढी सेना तैनाथी अवस्थामा राखिसकेको छ । अमेरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्ने ७० प्रतिशत तयारी गरिसकेको दाबी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ