arrow

महामन्त्री थापाले भने –निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
gagan-thapa-congress.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताएका छन् । सरकारले आगामी ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै शंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ’, उनले लेखेका छन् ।

‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन् । सबैले सदैव हेक्का राख्नु पर्दछ । संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन’, थापाले भनेका छन् ।

थापाले निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै अगाडि बढ्नु पर्ने बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ