arrow

अमेरिकी जेल 'बलात्कार क्लब' भएको कैदीबन्दीको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
prison-jail.jpg

सिन्ह्वा, वासिङटन । क्यालिफोर्नियाको डब्लिनस्थित सङ्घीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत 'यौन दुर्व्यवहार' गरेको बताएका एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

कैदीहरूलाई 'बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो' भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ । 

सङ्घीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल 'बलात्कार क्लब' भएको आरोप लगाएका छन् ।

महिला कैदी तथा कामदारको भनाईले जेलमा 'स्वीकृत र विषाक्त संस्कृति' भेटिने पुष्टि भएको हो । यसले जेल कर्मचारी र यहाँ सुधारका लागि राखिएका कैदीहरूद्वारा वर्षौंको 'यौन दुराचार' को सामना गर्नुपरेको उनीहरूले बताएका छन् । यद्यपि यस्ता दुर्व्यवहारलाई पीडितबाहेकका सर्वसाधारणको नजरबाट छिपाइने गरेको उनीहरूको भनाइ छ । 

अध्ययन रिपोर्टमा भनिएको छ, “डब्लिनमा अहिलेसम्म यीनै र यस प्रकारका दुर्व्यवहारमा दोषी चार जना गिरफ्तार भएका आरोपहरूका कारण सङ्कटग्रस्त सङ्घीय जेल ब्युरोभित्र महामारीका समय ठुलो समस्या भएको छ ।

सन् २०२० मा १२२ वटा जेलमा कर्मचारीहरूले गरेको यौन दुर्व्यवहारको ४२२ वटा गुनासो गरिएको थियो भने तीमध्ये चार जनालाई प्रमाणित गरिएको थियो र २९० जनामाथि अझै अनुसन्धान चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ