arrow

युक्रेनमा तनाव बढेका बेला 'क्वाड वार्ता' का अमेरिकी विदेशमन्त्री ब्लिन्केन अष्ट्रेलियामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
blinken-usa-austrilia-quad.PNG

काठमाडौं। चीन-रूस बीचको बढ्दो सम्बन्ध र युक्रेनमाथिको तनाव बढेका बेला अमेरिकी विदेशमन्त्री बुधबार अष्ट्रेलिया पुगेका छन् । अमेरिका, अष्ट्रेलिया, भारत र जापानबीचको गठबन्धन क्वाडको वार्ताका लागि अमेरिकी शीर्ष कूटनीतिज्ञ अष्ट्रेलिया पुगेका हुन् ।

शुक्रबार क्वाडसमूहका विदेश मन्त्रीहरूबीच त्यहाँ बैठक हुँदैछ । सोही अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भाग लिने छन् । त्यसपछि ब्लिन्केन फिजी जाने कार्यतालिका रहेको छ । ब्लिन्केनले चीनले आकर्षित गरिरहेका प्यासिफिक टापु फिजीका धेरै नेताहरूलाई भेट्ने बताइएको छ ।

पछिल्लो समय रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला अमेरिका र अन्य युरोपेली मुलुकहरुले सशक्त रणनीति बनाइरहेका छन् ।

यसबीच चीनको समेत आक्रामकताविरुद्ध र्वाताका लागि क्वाड मुलुकका विदेशमन्त्रीहरुले अष्ट्रेलियामा वार्ता गरिरहेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ