arrow

लुकाकुको गोलले चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
chelsea-lukaku.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १–० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । 

रोमेलु लुकाकुले ३२ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २–० ले पराजित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ