arrow

युक्रेन युद्ध : पूर्वी युरोपमा नेटो र अमेरिकी सेनाको घेरा, कहाँ कति छन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
nato-military-russia-ukraine.png

काठमाडौं । युक्रेनी सीमामा हजारौंको संख्या सेना र ठूला हातहतियार तैनाथ गरेर रुसले आक्रमणको तयारी गरिरहेको विषयले यतिबेला विश्वभर उतारचढाव मच्चिएको छ ।

युक्रेनमा रूसी आक्रमणको चिन्ताका बेला पूर्वी युरोपभर संयुक्त राज्य अमेरिका र नेटो गठबन्धन मुलुकका सेना छरिएका छन् ।

उसो त यसअघि पनि दशकौंदेखि रूस र पश्चिम बीचको बफरको रूपमा करिब १२ हजारको संख्यामा अमेरिकी र नेटो सेना यो क्षेत्रमा रहिआएको छ ।

यद्यपि पछिल्लो समय रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको भन्दै तनाव बढेका बेला सो क्षेत्रमा सुरक्षा व्यवस्थालाई निकै सर्तक बनाइएको छ ।

नेटोले एस्टोनिया, लाटभिया, लिथुआनिया र पोल्याण्डमा चार बहुराष्ट्रिय युद्ध सेना समूह राखेको छ । यो चारै युद्धसमूह (बटालियन)को नेतृत्व बेलायत, क्यानडा, जर्मनी र अमेरिकाले गरेको छ ।

यसमा नेटो गठबन्धन अन्तर्गतका थुप्रै सदस्य राष्ट्रका सेनाहरू रहेकाछन्। नेटोले गत महिना नै यी चारै समूह लडाँई गर्न तयारको अवस्थामा रहेको बताएको थियो ।

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले यो क्षेत्रमा थप सैन्य बल पठाएर उक्त उपस्थितिलाई थप सुदृढ पार्न तयार रहेको बताएका छन् ।

नेटोसँग यो क्षेत्रमा २२ फाइटर जेट तयार अवस्थामा छन्, भने रोमानियमा एक ब्यालिस्टिक मिसाइल डिफेन्स केन्द्र समेत रहेको छ । यस्तै पोल्याण्डमा अर्काे ब्यालिस्टिक मिसाइल डिफेन्स केन्द्र तयार हुने अवस्थमा छ ।

यस्तै लिथुआनिया, रोमानिया र पोल्याण्डमा अमेरिकी सेना तैनाथ छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत हप्ता पोल्याण्ड, जर्मनी र रोमानियामा थप ३ हजार अमेरिकी सेना तैनाथ गर्न स्वीकृति दिएका थिए । यस्तै ८ हजार ५ सय थप सेनालाई उच्च सतर्कतामा राखिएको छ ।

सीएनएनले नेटो र अमेरिकी सेनाको स्रोत उदृत गर्दै तोकेको संख्या अनुसार पोल्याण्डमा नेटोको १२०० र ५७०० अमेरिकी सेना रहेको छ ।

यस्तै लिथुआनियामा  १२०० नेटा र ४५० अमेरिकी सेना रहेको छ । एस्टोनिया र लाटभियामा बराबरी १२०० नेटो सेना रहेको छ भने रोमानियमा ९०० अमेरिकी सेना रहेको छ । यद्यपि यो अनुमानित संख्या मात्रै हो ।

युक्रेनमा अहिले नेटोको सेना नरहे पनि यसले रणनीतिक सैन्य परामर्श एवं सहकार्य गर्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ