arrow

पाकिस्तानमा बढ्यो आतङ्कवादी आक्रमण, बलुचिस्तानमा नौ सेना र २० आतङ्कवादी मारिए

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ २७ बिहिबार
balochistan-pak-soldiers.jpg

इस्लामावाद। पछिल्लो समय पाकिस्तानमा आतङ्कवादी आक्रमणहरू बढ्दै गएका छन्। विशेष गरी अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि पाकिस्तानमा आतङ्कवादी गतिविधिहरू बढ्दै गएका हुन्। पछिल्लो तीन दिनमा पाकिस्तानको गरिब प्रान्त बलुचिस्तानमा मात्रै नौ पाकिस्तानी सेना र २० आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। 

यसअघि आतङ्कवादी समूहले बलुचिस्तानमा रहेको पांगुर र नाउश्खी क्षेत्रमा रहेको सैन्य चौकीमा आक्रमण गरेका थिए। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले शनिवार बलुचिस्तानमा बुधवारदेखि सुरु भएको सफाइ अभियान पूरा भएको जनाएको छ। 

दुवै क्षेत्रमा आतङ्कवाद विरुद्धको अभियान सफल भएको पनि सैन्य जनसम्पर्क विभागले दाबी गरेको छ। पाकिस्तानमा यसअघि विभिन्न स्थानमा पाकिस्तानी तालिबानले आक्रमण गरेको जिम्मा लिएको थियो। पाकिस्तानी तालिबानले अहिलेको सत्तालाई जसरी पनि परास्त गर्न आफूहरू तयार भएको दाबीसमेत गरेको थियो। 

उक्त दाबीपछि पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक प्रहरी चौकीमा समेत तालिबानले आक्रमण गरेको थियो। तालिबानले एकै दिन पाकिस्तानका विभिन्न पाँच स्थानमा आकमण गरेको थियो। उक्त आक्रमणमा पनि यसअघि सात सुरक्षाकर्मी मारिएका थिए। 

पाकिस्तानमा पनि तालिबानी आक्रमणहरू बढ्दै गएपछि पाकिस्तानी सेनाले आतङ्कवाद विरुद्धको विशेष अप्रेसन सुरु गरेको बताएको थियो। एकातर्फ कोरोना महामारी नियन्त्रण हुन नसकेको अवस्थामा अर्कोतर्फ मुलुकको आर्थिक सङ्कटलाई समाधान गर्नुपर्ने समयमा बढ्दै गएको आतङ्कवादी गतिविधिले पाकिस्तान सरकारलाई सङ्कटमा पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ