arrow

पाकिस्तानको विदेशनीति बेइजिङमा निर्भर रहेको प्रधानमन्त्री खानद्वारा स्वीकार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
imran-khan-pok.jpg

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको विदेशनीति बेइजिङमा निर्भर भएको स्वीकार गरेका छन्। प्रधानमन्त्री खानले चीनसँगको पाकिस्तानको सम्बन्ध इस्लामावादको विदेशनीतिमा कोशेढुंगा भएको बताएका छन्। 

प्रधानमन्त्री खानले आइतबार पाकिस्तान चीन सम्बन्ध आफ्नो विदेशनीतिको कोशेढुंगा भएको बताएका हुन्। एक्सप्रेस ट्रिब्युनका अनुसार दुई मुलुकका प्रमुखहरूले दुबै मुलुकका मुद्दाको विषयमा समर्थन जनाइसकेपछि पाकिस्तानी प्रधानमन्त्री खानले उक्त अभिव्यक्ति दिएका हुन्। 

दुबै नेताले दुबै मुलुकको द्विपक्षीय हितका विषय, क्षेत्रीय अवस्था र अन्तर्राष्ट्रिय राजनीतिका विषयमा पनि कुराकानी गरेको बताइएको छ। प्रधानमन्त्री खानले चिनियाँ राष्ट्रपति सी जिन पिङको बेल्ट एन्ड रोड इनिसियटिभको स्वागत गरेका छन्। चीन पाकिस्तान आर्थिक करिडोरले पाकिस्तानको आर्थिक र सामाजिक विकासमा ठुलो योगदान गरेकोसमेत प्रधानमन्त्री खानले बताए। 

तर, पाकिस्तानमा भने सीपीईसीको चर्को विरोध भइरहेको छ। पाकिस्तानको ग्वादर क्षेत्रका नागरिकहरूले सरकारले आफूहरूमाथि अन्याय भएको भन्दै चर्को आलोचना गरेका हुन्। पाकिस्तानले पनि चीनको एक चीन नीतिप्रति प्रतिबद्धता व्यक्त गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ