arrow

छरिएर रहेका माओवादी घटकलाई एकताबद्ध हुन प्रचण्डको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
Prachanda-new-FNL.jpg.jpeg

काठमाडौं । छरिएर रहेका माओवादी घटकलाई एकताबद्ध हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् । २७औं जनयुद्ध दिवस दिवसको सन्दर्भमा अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक-शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गरेका हुन् । 

“देशी–विदेशी प्रतिक्रियावादी शक्ति जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन्, छरिएर रहेका माओवादी घटकलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात् गर्दै एकताबद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्ति एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । 

नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि मुक्ति युद्धका रूपमा स्थापित भइसकेको र जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात् मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको स्मरण गरे । 



नयाँ