arrow

चीन भ्रमण उपलब्धिमूलक भएको पाकिस्तानी प्रधानमन्त्रीको भनाई

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन २ सोमबार
imran-khan-pok.jpg

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । 

उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीनको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको पनि बताएका थिए ।

प्रधानमन्त्री खानले सो भ्रमणबाट पाकिस्तानमा चिनियाँ लगानीका क्षेत्रमा ढोका खुलेको जानकारी पनि उनले त्यस अवसरमा दिएको समाचारमा जनाइएको छ ।

उनी बेइजिङ ओलम्पिकको उद्घाटनका क्रममा पनि सहभागी भएका थिए । त्यस भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ