arrow

जर्दारी अस्पताल भर्ना

logo
एएनआई,
प्रकाशित २०७८ फागुन २ सोमबार
asif-ali-zardari.jpg

लाहोर । पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई अस्पताल स्थानान्तरण गरिएको छ । 

पाकिस्तान पिपुल्स पार्टीका सह संयोजक समेत रहेका जर्दारीलाई लाहोरस्थित निजी अस्पतालमा आइतबार राती भर्ना गरिएको हो ।

जर्दारीका चिकित्सकले स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार र परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् । 

जर्दारी र उनको बहिनी विरुद्ध झुटा बैंक खातामार्फत आर्थिक अवस्था लुकाएको आरोप लागेको थियो । 

उनले यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगेका थिए । त्यसपछि पनि उनी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए ।
 
आफ्नी पत्नी पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यापछि उनी राष्ट्रपति बनेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ