arrow

यस्तो छ मन्त्री आलेको गाली (भिडियोसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
oli-aale.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो पदीय मर्यादाभन्दा तल झरेर गालीगलौज गरेका छन् । पछिल्लो समय विवादित बनेका मन्त्री आलेको यो कदमले आगोमा घ्यू थप्ने काम गरेको छ । 

अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीसँगको संवादमा मन्त्री आलेले अश्लील शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । मन्त्री जस्तो मान्छेले मारिदिन्छु, उठाउँछु, अपहरण गर्छु भनेर नैतिकता र सरकारको धज्जी उडाएका छन् । 

आले ओली संवाद :
आले : कहाँ हुनुहुन्छ तपाई ?
ओली : म इन्डिया तिर छु ।

आले : तपाईँको कमेन्ट हेरे मैले के लेखेको हो ? 
ओली : हैन हजुर हामीले पनि यस्तो आस गरेका थिएनौ के गर्नु ? 
आले : कस्तो आस ? 
ओली : तपाईँबाट यस्तो हुन्छ भन्ने आस लागेको थिएन । 
आले :भन्न मा... मैले के गरेको छु । 
ओली : हँ
आले :मा... त्यहीबाट उठाउँछु तँलाई कुन ठाउँमा छस् भन् त । 
ओली : आउन त आऊ मुम्बई छु म । 
आले : तेरी मा... ठाउँ भन त कुन ठाउँ हो ?
ओली : हँ
आले : मुम्बई कुन ठाउँ हो भन त मा... तँलाई त्यहीबाट उठाएर ल्याउँछु । 
ओली : आज न आइज त मुला बेसरम, तस्कर 
आले : भन त कुन ठाउँ हो 
ओली : मुला बेसरम लाज छैन मन्त्रीका लागि बेची खाने तस्कर 
आले : तँलाई मा... त्यही आएर तेरो खुट्टा सट्टा काटेर प्याक गरेर हाल्दिन्छु रण्डीको छोरा ।
 ओली : के गर्छस् त मुला 
आले : त मा... कहाँ छस् भन्न न । 
ओली : त रण्डीको वाहन होस त होस चुतिया नौ महिना जेल बसेर आएको होइन तस्कर मलाई सिकाउँछस् । 
.....
आले : मुम्बई कुन ठाउँमा छस् कुकुर । 
ओली : पहिले तँलाई भनेको हुत अन्धेरी छु भनेर आइज न । 
आले : तेरी मा... ठेगाना पठा त तेरो । 
ओली : अन्धेरी छु अन्धेरी तेरो को मान्छेलाई पटाउँछस् पठा न । नम्बर पनि म्यासेन्जरमा दिएको छु हेर्न मुला 
आले : तेरी मा... तँलाई पख । तँलाई तँलाई त्यहीबाट पठाइदिन्छु । 
ओली : पख न त कति भाइरल हुन्छ हेर्दै जाऊ ।

यता ओलेको सचिवालयले भने संवादको खण्डन गरेको छ । सचिवालयका स्वकीय सचिव हेमन्त रेग्मीले सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृत रूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन् । 

सचिवालयले पुरानो संवाद भनेर झुटो प्रचार गरेको छ । एक वर्ष अघिसम्म मन्त्री आले एमालेमै थिए । अछाम घर भएका जगत ओलीले आफ्ना पुरानो पोस्टमा आलेको समर्थन पनि गरेका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर २०७८ भदौको २ गते नयाँ पार्टी दर्ता गराएका थिए ।
 
 तर एमाले फुटेर एकीकृत समाजवादी बनेपछि आले नेपाल निकट गए भने ओली एमालेकै समर्थको रूपमा रहे । पार्टीगत आस्थाका रूपमा पनि उनले कमेन्ट गर्ने गरेको हुनुपर्छ । उनले मन्त्री आलेका विरुद्धमा कमेन्ट गर्दै आएका थिए । 

आलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएको छ । ओलीको नामबाट निरन्तर रूपमा उनीमाथि ब्ल्याक मेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले जनाएको छ । 

नेता आले समाजवादीमा आबद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनी विरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लील शब्द प्रयोग गर्दै आएको सचिवालयले दुखेसो छ ।

पछिल्लो समय मन्त्री आले विवादमा तानिँदै आएका छन् । पशुपति क्षेत्र विकास कोषमा केही राम्रो गर्न खोजे पनि कोषलाई  पेसा नतिर्ने मारवाडी समितिसँग नजिक भएपछि उनको विरोध हुँदै आएको छ ।  मन्त्री आलेलाई सिङ्गो नेकपा एकीकृत समाजवादीका लागि आसन्न तीन वटै तहको चुनाव खर्च उठाउने जिम्मा आइलागेको छ ।  

जुनसुकै व्यक्ति  पदमा रहे वा नरहे पनि अपशब्द बोल्न र अपहरण गर्छु भन्न नेपालको कानुनले वर्जित गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ