arrow

क्यानडाका प्रधानमन्त्रीद्वारा दुर्लभ आदेश जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
justin-trudeau-pm-canada.jpg

ओटावा । क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ । प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गरेका हुन् ।

ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोप सम्वन्धी नियमहरू लगाएपछि चालकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले सरकारको सर्त मान्न नसकिने अडान राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका छन् । 

ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ । 

आन्दोलनलाई नियन्त्रणमा लिन शुरुमा राजधानी शहरका मेयरले सङ्कटकाल घोषणा गरेका थिए । त्यो प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्रीले नै सङ्कटकालसहितको विशेष आदेश जारी गरेका हुन् ।
 
यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ