एकीकृत समाजवादीले संसदबाट एमसीसी अनुमोदन हुन नदिने
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
689
Shares
फाइल तस्बिर
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले बुधवार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल भए पास हुन नदिने बताएको छ। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन बिना एमसीसी पास हुन नदिने बताएका हुन्।
‘एमसीसी पास हुँदैन र पास गराउँदैनौ। पास गर्ने वातावरण पनि बन्न दिँदैनौँ,’ एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पूर्ववत् अडान यथावत् छ। संशोधन विना एमसीसी पास हुनै सक्दैन।’
प्रतिनिधिसभा बैठक बुधवार बस्दै छ। सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले बुधवारको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ।
काँग्रेसको मङ्गलवार बिहान बसेको संसदीय दलको बैठकले पनि एमसीसी अनुमोदनको लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न सहमति दिएको छ। यसै सिलसिलामा सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने एमसीसी पास हुने वातावरण बन्न नदिने बताएको हो।