arrow

चीनले विद्यार्थीमाथि पर्ने भारलाई थप कम गराउने

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन ३ मंगलबार
china-students.jpg

बेइजिङ । चीनको शिक्षा मन्त्रालयले मङ्गलबार प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अत्यधिक गृहकार्य दिने अर्थात् शैक्षिक संस्थाभन्दा घरमा अध्ययनको बोझ हुने व्यवस्थालाई कम गर्ने भएको छ ।

मन्त्रालयका अनुसार अधिकारीहरूले अहिले ‘दोहोरो कटौती’ नीति कार्यान्वयनमा लान काम गरिरहेको र परम्परागत शैक्षणिक विधिका कारण छिट्टै विद्यार्थीमाथि पर्ने भारलाई थप कम गराउने बताएका छन् । 

मन्त्रालयले यस नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न अझ उपयुक्त गृहकार्य, कक्षाको अध्यापनको उच्च स्तर र विद्यालयपछिको सेवाहरूको उच्च गुणस्तरको माग गरेको थियो ।

विद्यालयपछिको सेवा भनेको विद्यालय सिद्धिएपछि वा शारीरिक व्यायाम, कला, साहित्य र विद्यालयपछि गरिने अन्य क्रियाकलापमा भाग लिन विद्यालय सिद्धिएपछि आमाबाबुले समयमै लिन नसक्ने विद्यार्थीहरूका लागि हो ।

विद्यार्थीहरूले विगतमा विद्यालयको गृहकार्य गर्न कम समय बिताएका र देशभरिका ९२ प्रतिशत भन्दा बढी विद्यार्थीहरूले स्वेच्छाले विद्यालयपछिको अध्ययन तथा गतिविधिमा भाग लिएका मङ्गलबार मन्त्रालयद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका लु युग्याङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ