arrow

तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय राखेर दिइयो तत्काल पाँच किसिमका सेवा    

logo
मणिप्रसाद गैेह्रे, 
प्रकाशित २०७८ फागुन ४ बुधबार
273818767_1292342884568151_1297929901037131253_n.jpg

कपिलवस्तु । जिल्ला सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरले कार्यालयको संयुक्त उद्घाटन गरेका हुन् ।
  
मन्त्री मगरले सेवा कार्यालय सञ्चालनले कपिलवस्तु र अर्घाखाँचीका नागरिकलाई सेवा प्रवाहमा सहजता आएको बताइन् । मन्त्री यादवले सेवा कार्यालयलाई स्थायी रुपमा सञ्चालन गर्न तथा सेवा थप गर्न जग्गाको व्यवस्थापन हुन सके प्रदेश सरकारले जनशक्ति र पुर्वाधारमा लगानी गर्ने बताए । 

तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले आफूहरुले विगतका वर्ष अघिदेखि गरेको पहलले सफलता मिलेको बताए । कार्यालय सञ्चालनले सदरमुकाम क्षेत्रमा व्यवसाय प्रवर्धनलाई सहजता मिलेको उनले बताए । 

कार्यालयका काममा शुसासन कायम गरिनु पर्नेमा प्रजिअ चक्रपाणी पाण्डेले जोड दिए । जिल्लाको विकास सबैको सरोकारको विषय बन्नु पर्नेमा पूर्व प्रदेशमन्त्री एवम् प्रदेशसभा सांसद धर्मबहादुरलाल श्रीवास्तवले जोड दिए । 

स्थापित कार्यालयलाई बिलबुक नवीकरण, सवारी साधनको कर लिने, प्रमिट वितरण गर्ने, सवारी जाँचपास र पटके सेवा गरी पाँच किसिमका अधिकार तत्कालै दिइएको लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपालले बताए ।  

रुपन्देहीको बुटवल र भैरहवाबाट सेवा लिँदै आएका अर्घाखाँची र कपिलवस्तुका नागरिकलाई लक्षित गरि तौलिहवामा सेवा कार्यालय विस्तार गरिएपछि स्थानीयलाई सेवा लिन सहज हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ