arrow

शार्कले खायो पौडीबाजलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
shark.jpeg
तस्बिर– फाइल

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । सिड्नीमा सन् १९६३ पछि पहिलो पटक शार्कको आक्रमणमा पौडी खेल्ने व्यक्तिको मृत्यु भएको हो । मालबार नजिक लिटल बे नजिक बुधबार मानिसको अवशेष फेला परेपछि आपतकालीन सेवा बोलाइएको थियो । 

न्यु साउद वेल्स राज्यका अधिकारीहरुले पीडितको नाम सार्वजनिक गरेका छैनन् । यसबारे थप अनुसन्धान शुरु गरिएको छ । लिटल बे र नजिकका अन्य समुद्री किनाराहरु बन्द गरिएका छन् । 

स्काई न्युज अस्ट्रेलियाका अनुसार बुधबार स्थानीय समयअनुसार अपरान्ह साढे ४ बजे शार्कले आक्रमण गर्दा सो क्षेत्रमा दर्जनौं मानिसहरु पौडी खेलिरहेका थिए । 

त्यस्तै, केही मानिसहरुले माछा नजिकको ढुंगामा माछा मारिरहेका थिए । ‘केही व्यक्तिहरु पौडी खेलिरहेका थिए, त्यसैबेला सार्क आएर उसलाई आक्रमण गर्यो’, एक जना साक्षीको भनाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ । 

‘हामीले चिच्याहट सुन्यौं र फर्कियौं । एउटा कार पानीमा झरेको जस्तो देखिएको थियो,’ उनले भने ।

त्यसबेला चट्टानमा माछा मारिरहेका अर्का व्यक्तिले एबीसी न्यूजलाई भने—पौडीबाज पहिले चिच्याइरहेको थियो । जब ऊ तल गयो त्यहाँ धेरै छर्राहरू थिए । उनले थपे, ‘उनी रमाइलोका लागि पौडी खेल्न गएका थिए, तर शार्कले उनको ज्यान लियो ।’

 घाइतेलाई विपत्तिजनक चोटपटक लागेको र त्यहाँ चिकित्सकले केही गर्न नसक्ने न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ