संसद बस्ने दिन शुक्रबार आठ दलीय कम्युनिष्ट मोर्चा सडकमा
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
597
Shares
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसी विरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो ।
मोर्चाले फागुन ६ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ । यसका साथै सोही दिन १२ बजे काठमाडौँको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् ।
यस्तै चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगगतन्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी एमसीसीविरुद्ध संयुक्त आन्दोलनमा छन् ।
शुक्रबार संसद बैठक बोलाइएको छ । संसदमा एमसीसी पेश गर्न नदिन दबाब दिन कम्युनिष्ट घटकहरु आन्दोलित भएका हुन् ।