arrow

बलुचिस्तानका जनताको अभावलाई सम्बोधन गर्न पाकिस्तानी विपक्षी नेताको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
jipak-chairman-pak.jpg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खान सरकारले बलुचिस्तानका जनताको अभावलाई बेवास्ता गरेको भन्दै विपक्षी नेताहरूले बारम्बार आक्रोश व्यक्त गर्ने र सरकारको चर्को आलोचना गर्ने गरेका छन्। पछिल्लो समय कोरोना महामारी र मुलुकमा देखिएको चरम आर्थिक सङ्कटका कारण बलुचिस्तानका जनताहरू भोकै मर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै नेताहरूले सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छन्। 

पाकिस्तानको जमात-ए-इस्लामी (जेआई) प्रमुख सिराजुल हकले इस्लामाबादलाई गरेका प्रतिबद्धताहरू पूरा गर्न आह्वान गरेका छन्। परवेज मुसर्रफको कार्यकालदेखि नै प्रदेशका जनतालाई विभिन्न प्याकेजको नाममा ठगिएको उनको आरोप छ। सरकारले बलुचिस्तानका जनताको अभावलाई सम्बोधन गर्नुपर्छ, हकलाई उद्धृत गर्दै पाकिस्तानी सञ्‍चारमाध्यमहरुले भनेका छन्। 

जेआईका नेताले सरकारलाई वर्षौंदेखि इस्लामावादका सरकारहरूले बलुचिस्तानका जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने सुनिश्चित गर्न पनि आग्रह गरे।उनले सोमबार मन्सुरामा उनलाई भेटेको बलुच प्रतिनिधिमण्डलसँग कुरा गरिरहेका थिए।

हकले इमरान खान सरकारलाई थप प्रहार गर्दै उनीहरूले हालै ग्वादर अधिकार आन्दोलनका नेताहरूसँग एउटा सम्झौतामा हस्ताक्षर गरे पनि अहिलेसम्म आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न असफल भएकोसमेत बताए। 

प्रान्त प्रशस्त स्रोतसाधनले सम्पन्न भए पनि बलुच जनतालाई आधारभूत अधिकारबाट वञ्चित गरिएको जेआई नेताले बताए। 

इमरान खान सरकारलाई परिस्थितिको संवेदनशीलता महसुस गर्न आह्वान गर्दै हकले इस्लामाबादलाई यस मुद्दालाई सम्बोधन गर्न ठोस कदम चाल्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ