arrow

बिल गेट्स पाकिस्तानमा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
bill-gates-africa.jpg

इस्लामावाद । बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ ।

उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेशले गर्दै आएको निरन्तर सहयोगको प्रसंशा गरेको जनाइएको छ ।

सो फाउण्डेशनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ