arrow

रञ्जुले गरिन् किसुसँग इंगेजमेन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
ranju-darshana-kisu-engagement-2022.jpg

काठमाडौं । नेतृ रञ्जु दर्शानाले इंगेजमेन्ट गरेकी छिन् । उनले किशोर कुइकेल (किसु) सँग शुक्रबार इंगेजमेन्ट गरेकी हुन् । दर्शनाले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मण्डलाई साक्षी राखेर टीका कार्यक्रम सम्पन्न गरेको जनाएकी छिन् ।

‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मण्ड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं’, उनले लेखेकी छिन् । 

रञ्जु अगाडि लेख्छिन्, ‘तपाईहरूको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु । मायाको यात्रामा एक सशक्त जीवनसाथी बनी हरदम साथ दिने मेरो हरेक दिन प्रयास रहने छ किसु । तिम्रो जीवनमा, परिवार मलाई खुला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’

रञ्जु २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि चर्चामा आएकी थिइन् । उनले त्यतिबेला सम्मानजनक मत पाएकी थिइन् । 

यसपालि पनि हुँदै गरेको स्थानीय तहको चुनाव अगाडि उनको बिहेको कारण चर्चामा आउन पुगेकी छिन् । 

उनको बिहेको साइत भने बैशाखमा आउने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ