arrow

अमेरिकामा कोरानाको आपतकाललाई अझै निरन्तरता

logo
रासस–एएनआई–स्पुतनिक, 
प्रकाशित २०७८ फागुन ७ शनिबार
corona-usa1.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिएका छन् । कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको छ । 

राष्ट्रपतिले संघीय सरकारको पूर्ण क्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रतिकार्य गर्नुपर्नेमा जोड दिएका छन् । पुष्टि भएका सङ्क्रमण केसहरूको सन्दर्भमा संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा बढी प्रभावित देश हो । 

अमेरिकी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशमा कोभिड–१९  सङ्क्रमितको कुल सङ्ख्या ८ करोड नाघेको छ ।  त्यसैगरी ५ करोड १४ लाख भन्दा बढी सङ्क्रमित निको भइसकेका छन् भने ९ लाख ५८ हजार ३०० सङ्क्रमितको मृत्यु भइसकेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ