arrow

युरोपमा सन् १९४५ यताकै ठूलो युद्ध गर्ने रुसको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
russia-ukraine.PNG

काठमाडौं। रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्ध गर्ने तयारी गरेको विभिन्न प्रमाणहरुले देखाएको बेलायती राष्ट्रपति बोरिस जोनसनले बताएका छन् ।

उनले बीबीसीका सोफी रावर्थसँग एक अन्तर्वार्तामा बोल्दै भनेका छन्, 'सबै संकेतहरूले केही अर्थमा योजना शुरु भइसकेको देखाएको छ ।'

उनका अनुसार रुसले युक्रेनको राजधानी कीभलाई घेरेर आक्रमण गर्ने योजना बनाएको गुप्तचरको भनाइ छ ।

म्युनिखमा विश्व नेताहरुको वार्षिक सुरक्षा सम्मेलनको बैठकबाट बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै युक्रेनी सीमामा रुसले सेनाको संख्या बढाएर १ लाख ९० हजार पुर्याएको अमेरिकाले जनाएको छ ।

पश्चिमी अधिकारीहरूले रुसले अब, मौका छोपेर जुनसुकै बेला आक्रमण गर्नसक्ने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ