arrow

पाकिस्तान: अनलाइन परीक्षाको माग गर्दै प्रदर्शन गरिरहेका विद्यार्थीमाथि लाठी चार्ज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
Pakistan-Flag.jpg.jpeg
फाइल तस्बिर

मुजफ्फरवाद । पाकिस्तानमा रहेको आजाद जम्मु काश्मीर विश्वविद्यालयको प्राङ्‌गणमा नै विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गरेको छ। कोरोना महामारीको समयमा अनलाइन परीक्षा हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गरेको हो।

लामो समयदेखिको कोरोना महामारीले गर्दा विद्यार्थीको समय बरबाद मात्रै भएकोले अनलाइन परीक्षा हुनुपर्ने माग गर्दै विद्यार्थीहरूले विश्वविद्यालयको प्राङ्‌गणमा विरोध प्रदर्शन गरेका थिए। प्रहरीले प्रदर्शनकारी विद्यार्थीहरूलाई तितरबितर पार्नका लागि लाठी चार्ज गरेको हो।

दुई क्याम्पसबाट झन्डै ५० विद्यार्थीलाई पनि नियन्त्रणमा लिइएको थियो । तर परीक्षा प्रक्रियामा बाधा नपर्ने प्रतिबद्धतापछि साँझ रिहा गरिएको जनाइएको छ। 

विश्वविद्यालयका अधिकारीहरूका अनुसार यिनै विद्यार्थीहरूले गत साता सहरका विभिन्न क्याम्पसहरूमा अनलाइन कक्षाको माग गर्दै विभिन्न अभियान चलाएका थिए। 
विद्यार्थीहरूले विश्वविद्यालयलाई अनलाइन परीक्षा प्रणालीमा जान बाध्य पार्ने प्रयास गरे पनि उच्च शिक्षा आयोगको निर्देशनलगायत केही कारणले माग पूरा हुन नसकेको विश्वविद्यालयका अधिकारीहरूले बताएका छन्। 

विद्यार्थीहरू अन्ततः क्याम्पसमा हुने भौतिक परीक्षामा सहभागी हुन राजी भए र केही समय माग गरेका कारण परीक्षा फागुन १५ गतेसम्मका लागि सारिएको उनीहरूले डन पत्रिकाले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ