arrow

किसान सूचीकरण गर्दै ताराखोला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
Tarakhola gaunpalika.jpg

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले किसानको सूचीकरण थालेको छ । गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरेर गाउँपालिकाले वास्तविक किसानको विवरण लिन थालेको हो ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को उपदफा (१) कार्यान्वयनका लागि किसानको सूचीकरण थालिएको हो ।

किसानको पहिचान गरी सरकारी स्तरबाट उपलब्ध गराइने सेवा-सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न सूचीकरण थालिएको हो । सबै किसानको पहुँचमा यो अभियान पुर्‍याउनका लागि वडास्तरमा शिविर सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

शिविरमा किसानको आवश्यक विवरण विद्युतीय प्रणालीमार्फत सङ्कलन गरी सूचीकृत गरिने हुँदा हरेक पटक कृषिका कार्यक्रम सञ्चालन गर्दा सहजता हुने कृषि शाखा प्रमुख कर्णखर भट्टराईले बताए ।

सङ्घ, प्रदेश र स्थानीय तीनै तहको साझेदारीमा सूचीकरणको काम हुने छ । सूचीकरण शिविर आज वडा नं ५ को धम्सराबाट सुरु भएर यही फागुन २६ गते समापन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ