- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताएका छन् ।
प्रचण्डले भने, “देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।” अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एक पटक फेरि फैलिएको उल्लेख गरे। मदेसमा मात्रै नभई देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो ।
नेपाली काँग्रेस र (नेकपा एमाले) का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा प्रवेश गराउँदै उनले सो कुरा बताएका हुन्। नवप्रवेशलाई अध्यक्ष दाहालले आज एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन्। उनीहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने उनको भनाइ थियो ।
यसरी प्रवेश गर्नेहरूमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्याशी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् ।
त्यसैगरी सुदूरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका थिए ।