arrow

पाकिस्तान सरकारलाई सीपीईसीका अधिकारीको चेतावनी : सौन्दक आयोजनाको लागतले जीओपीको नाफा घटाउँछ

logo
एजेन्सी,
प्रकाशित २०७८ फागुन ९ सोमबार
cpec-slm-copper-gold-porject-pakistan.jpg

इस्लामावाद। चीन पाकिस्तान आर्थिक करिडोर सीपीईसीका अधिकारीहरुले सौन्दक आयोजनामा लुकेको लागतले पाकिस्तानको जीओपी नाफा घटाउने बताएका छन्। सौन्दक कपर-गोल्ड परियोजनाको सञ्‍चालन र व्यवस्थापनमा लागेको लागतले सरकारी शेयर र नाफा घटाउन सक्ने चीन पाकिस्तान आर्थिक करिडोरका अधिकारीहरुले सरकारलाई सचेत गराएका हुन्।

सौन्दक कपर-कोल्ड परियोजना अन्तर्गत एसएमएल र एमसीसीबीचको परियोजना १५ वर्षका लागि लिजमा लिने प्रस्ताव गरेको थियो। ९ फेब्रुअरी २०२२ मा ईसीसीले १ नोभेम्बर २०२२ देखि ३१ अक्टोबर २०३७ सम्मका लागि लिजमा लिने सम्झौता भएको हो।

पेट्रोलियम महाशाखाले अवलोकन समिति गठन गरी पारदर्शिता र सरकारको निगरानी बढाउन प्रयास गरिएको मञ्‍चलाई जानकारी दियो। यसबाहेक वार्ताका कारण राम्रो नियम र शर्तहरूमा सहमत भएका छन्। यसले बढेको शेयरको कारण भविष्यमा जीओपी नाफा बढाउनेछ।

सीपीईसी प्राधिकरणका अध्यक्षले त्यहाँ सञ्‍चालन र व्यवस्थापनमा केही नदेखिने गरी लगानी भएको हुनसक्ने र यसले सरकारी शेयर/नाफा घटाउन सक्ने बताएका हुन्।

उनले खर्च उचित रूपमा सुनिश्चित गर्न एक पेशेवर तथा व्यवसायिक व्यक्ति / फर्महरू नियुक्त गर्न सुझाव दिएका छन्। पेट्रोलियम महाशाखाले यस प्रयोजनका लागि ठेक्कामा विशेष रूपमा अवलोकन समितिको अवधारणा थपिएको प्रतिक्रिया दिएको छ।

अर्थमन्त्रालयले पनि कम्पनीको काममा पारदर्शिता ल्याउन विज्ञ/फर्मबाट वार्षिक समीक्षा गर्न निर्देशन दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ