arrow

बतासप्रति मन्त्री आलेको टिप्पणी- 'पशुपतिमा गिद्धे दृष्टि लगाउनेको कहिले पनि कल्याण हुने छैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
aale-pashupati.JPG

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आरध्यदेव पशुपतिनाथको  सम्पत्ति माथि गिद्धे नजर लगाउनेको कहिले पनि कल्याण नहुने बताएका छन् । मङ्गलवार पशुपति क्षेत्र विकास कोषले गरेको पत्रकार सम्मेलन मन्त्री आलेले बतास अर्गनाइजेशन प्रति लक्षित गर्दै यस्तो बताएका हुन् । 

उनले भने ,'पशुपतिले सबैको रक्षा गर्नेछन् । जसले पशुपति प्रति गिद्धे दृष्टि लगाउँछ । त्यसको कहिले पनि कल्याण हुने छैन । कम्तीमा आज हामीसँग त्यो धर्मशाला भएको भए चार सय भन्दा बढी साधु सन्तलाई राख्न सकिन्थ्यो ।' 

यसअघि  बतास समूहले सञ्चालन गर्दै आएको नेपाल–भारत मैत्री पशुपति धर्मशाला सम्झौता रद्द गर्ने निर्णय सरकारले गरेको थियो। तर अदालतमा मुद्दा चलिरहँदा बतास बाहिरिएको थिएन । आलेले भने,' हिजो मात्रै हामी कहाँ बतास अर्गनाइजेशनका प्रतिनिधि अदालतको अल्पकालीन आदेश लिएर आउनु भएको थियो । तर त्यो अल्पकालीन आदेश पनि खारेज भइसकेको छ ।' 

उनले भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको त्यो भवन कौडीको भाउमा दिएर विगतका प्रतिनिधिहरूले बेच्ने काम गरेका बताए  । उनले भने,'मलाई लाग्छ नेपाल सरकारको त्यो सम्पत्ति छिटो भन्दा छिटो फिर्ता आउनेछ ।' 

मन्त्री आलेले  महाशिवरात्रिलाई भव्य र सव्य बनाउने मूल समारोह समितिसँग आग्रह गरे  । दिउसो जस्तो राति पशुपतिलाई झल्कने गरि बनाइने बताए ।

परिषद् सदस्य सचिव डा. मिलन कुमार थापा  १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिए । उनले यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको बताए । शिवरात्रिको दिनमा पनि विद्युतीय शवदाह क्षेत्र, किरियापुत्री क्षेत्रमा विशेष सुरक्षा परिचालन गरिने उनले बताए ।

महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधु सन्तका लागि गुठी संस्थानले २८ लाख ६५ हजार ३७६ रुपैयाँ माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ