arrow

युक्रेनमा रुसी सेना घुसे : बेलायतले लगायो प्रतिबन्ध, स्थिति गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
russia-ukraine-war.PNG

काठमाडौं । रुसले युक्रेनको पूर्वमा रहेका दुई लडाकु समूहद्वारा नियन्त्रित क्षेत्रहरूमा आफ्नो सेना पठाउन आदेश दिएसँगै रुसविरुद्ध कडा कदम चल्न शुरु भएको छ ।

नेटोले मङ्गलवार युक्रेनी दूतसँग आपत्कालीन बैठकको घोषणा गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले रुसी कम्पनीहरूलाई बेलायतको बजारमा कोष उठाउन रोक्न चाहन्छौँ भन्दै पाँच बैङ्क र तीन रुसी धनाढ्यमाथि प्रतिबन्ध लगाएका छन् ।

भारतीय नागरिक समेत युक्रेनबाट फिर्ता आउन थालेका छन् । एयर इन्डियाको विमान २४२ भारतीयलाई लिएर कीभ (युक्रेको राजधानी)बाट दिल्ली उडेको छ ।

युक्रेनबाट अलग गरेर लडाकुहरूले कब्जामा लिएका लुहान्स्क र डोनेट्स्क क्षेत्रलाई रुसले मान्यता दिएसँगै विश्वभर विराधे शुरु भएको छ ।

रुसले यी दुवै क्षेत्रलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिँदै यहाँ शान्ति स्थापना गर्ने निहुँमा आफ्ना सेना पठाएको हो ।

रुस विरुद्ध मजबुत र ठुला प्रतिबन्धहरू लगाउन जर्मनी तयार रहेको चान्सलर ओलाफ स्कोल्जले बताएका छन् ।

युक्रेनले मस्को स्थित आफ्ना प्रमुख राजदूतलाई परामर्शका लागि भन्दै फिर्ता बोलाएको छ ।

रुसले युक्रेनी सीमामा करिब २ लाख जति सेना र हातहतियार तैनाथ गरेर आक्रमणको तयारीमा रहेको गुप्तचर रिपोर्टहरूले देखाएको छ ।

यसबीच आज मात्रै पूर्वी युक्रेनी क्षेत्रलाई स्वतन्त्र क्षेत्रको मान्यता दिँदै रुसले सेना पठाएपछि स्थिति झनै गम्भीर बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ