arrow

तनहुँमा चितुवा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
Chituwa.jpg

तनहुँ । तनहुँमा चितुवा मृत अवस्थामा फेला परेको छ । व्यास नगरपालिका वडा नं. ८ बर्लाचीमा सोमबार बिहान भाले वयस्क चितुवा मृत अवस्थामा फेला सवडिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

सवडिभिजन वन कार्यालयका प्रमुख नारायण कोइरालाका अनुसार भाले प्रजातिको चितुवा मृत अवस्थामा फेला परेको हो । भीरबाट लडेर वा आपसी द्वन्द्वका कारण चितुवाको मृत्यु भएको हुन सक्ने उनको अनुमान छ ।

स्थानीयवासीले मृत अवस्थामा चितुवा फेला परेपछि वन कार्यालयमा खबर गरेका थिए । चितुवालाई डिभिजन वन कार्यालय तनहुँमा राखिएको छ । 

योसहित डेढ वर्षको अवधिमा तनहुँमा १० वटा चितुवा मृत अवस्थामा फेला परेको कोइरालाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ