प्रतिनिधि सभामा एमसीसी : भोलिको गृहकार्य गर्दै एकीकृत समाजवादी
एमसीसीलाई लिएर एसका शीर्ष नेताबीच बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
651
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का शीर्ष नेताहरुबीच पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक बैठक बस्ने भएको छ।
आज आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर अनौपचारिक बैठक बस्न लागेको हो ।
एमसीसीलाई लिएर एकीकृत समाजवादीमा स्पष्ट दुई धार देखिएको छ । अध्यक्ष माधव कुमार नेपाल र नेता झलनाथ खनाल पक्ष विपक्षमा उभिएका छन् । त्यसैले एमसीसी संसदमा टेबुल भए पनि पास हुन्छ कि हुन्न भन्ने विषयप्रति चासो देखिएको हो ।
बिहीबार प्रतिनिधि सभा बैठक बस्दै छ । सो बैठकमा एकीकृत समाजवादीले कसरी प्रस्तुत हुने हो त्यस विषयमा यो अनौपचारिक बेकठले तय गर्नेछ। प्रतिनिधि सभामा एमसीसी को विपक्षमा उभिने निर्णय गरेको पार्टीले सांसदहरूलाई ह्विप भने जारी गरेको छैन ।