arrow

दक्षिण कोरियामा जन्मदर घट्यो

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन ११ बुधबार
south-korea-export.jpg

सोल । दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ । 

सन् १९८४ मा जन्मदर १.७४ भएकोमा सन् २०१८ मा ०.९४ प्रतिशत, सन् २०१९ मा ०.२९ प्रतिशत र २०२० मा ०.८४ प्रतिशत भएको थियो । सन् २०२१ भरीमा दक्षिण कोरियामा झण्डै दुई लाख ६० हजार ५०० बालबालिका जन्मिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

ढिलो विवाह गर्ने र थोरै सन्तान जन्माउने प्रवृत्ति बढ्दै गएकोले जन्मदर पनि घट्दै गइरहेको विश्लेषण गरिएको छ । त्यसैगरी बालबालिकाको हेरचाह गरेर बस्ने महिलाहरुको सङ्ख्या पनि कम भएको उनीहरुको भनाई छ । सन् २०२१ मा झण्डै एक लाख ९२ हजार ५०० विवाह भएका छन् । अघिल्लो बर्षको तुलनामा यो सङ्ख्या ९.८ प्रतिशत हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ