arrow

युक्रेनका विधायकद्वारा डोनबास मान्यताका लागि रूसी अधिकारीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव

logo
एएफपी,
प्रकाशित २०७८ फागुन ११ बुधबार
ukraine-russia.jpg

कीभ, युक्रेन । युक्रेनी संसदले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ ।

यस प्रस्तावनालाई ४५० मध्ये ३२२ जना विधायकले समर्थन गरेका छन् । प्रस्तावनाको लक्ष्य र उद्देश्यहरू युक्रेनी राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को निर्णयको लागि आवश्यक कानूनी स्वरूप प्रदान गर्नु हो जुन व्यक्तिगत विशेष आर्थिक तथा अन्य प्रतिबन्धात्मक उपाय घोषणाका लागि मार्गप्रशस्त गर्नु हो । डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिन संलग्न व्यक्तिहरूलाई यूक्रेनी हित बिपरित हुने वास्तविक सम्भावित खतराहरू सृजना गर्ने कदम रोक्नका लागि प्रस्तावनामा सुझाब दिइएको छ ।

प्रतिबन्ध लगाउन प्रस्तावित यस सूचीमा ३५१ जना रूसी विधायक तथा रूसी सुरक्षा परिषद्का सदस्यहरू समावेश छन् ।

प्रस्तावित प्रतिबन्धहरूमा आधिकारिक भ्रमण रद्द गर्ने, बैठक, वार्ता, जमिन खरिदमा प्रतिबन्ध लगाउने, सम्पत्ति रोक्का गर्नेलगायत समावेश गरिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ