arrow

बेइजिङ ओलम्पिकमा पत्रकारमाथि निन्दनीय चिनियाँ हर्कत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
china-olympic.jpeg

काठमाडौं । चीनमा सम्पन्न शितकालिन ओलम्पिक खेलको रिपोर्टिङका क्रममा चिनियाँ अधिकारीहरुले लगाएको प्रतिबन्धदेखेपछि अन्तर्राष्ट्रिय पत्रकारहरुले निराशा व्यक्त गरेका छन् ।

फेब्रुअरी २१ मा, विदेशी संवाददाता क्लब अफ चाइना (एफसीसीसी)ले एक विज्ञप्ति जारीगर्दै चीनमा शीतकालीन ओलम्पिक खेलहरूको  स्वतन्त्र रिपोर्टिङका ​​लागि अन्तर्राष्ट्रिय मापदण्डहरू नपुगेको अवस्था देखेर निराश भएको बताएको थियो ।

बेइजिङस्थित पत्रकार समूहका अनुसार फेब्रुअरी ४ देखि फेब्रुअरी २० सम्म भएका खेलहरूमा विदेशी पत्रकारहरूको रिपोर्टिङमा सरकारको हस्तक्षेप नियमित रूपमा भएको थियो ।

यसले चीनमा विदेशी मिडियाका लागि चुनौतीपूर्ण स्थिती रहेको कुरालाई चित्रण गरेको देखाएको छ । 

अन्तर्राष्ट्रिय पत्रकार महासंघले (आईएफजे) ले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने चिनियाँ अधिकारीहरूको निरन्तर प्रयासप्रति विश्वव्यापी ध्यानाकर्षण गराउन आह्वान गरेको छ।

चिनियाँ अधिकारीले ओलम्पिक सुरु भएकै दिन फेब्रुअरी ४ मा नेदरल्याण्ड्स ओमरोप स्टिचिङ (एनओएस) का डच रिपोर्टर सोजेर्ड डेन दासलाई खेलकुदको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारणको बीचमा जबरजस्ती क्यामेरा बन्द गर्न लगाएका थिए ।

यस्तै अर्का एक विदेशी पत्रकारलाई चिनियाँ अधिकारीहरुले हङकङका खेलाडीको अन्तर्वाता दिनबाट रोक लगाएका थिए । 

चीनले यसरी निरन्तर अन्तर्राष्ट्रिय पत्रकार समुदायमाथि गर्दै आएको दमनको आईएफजेले कडा आलोचना गर्दै विश्वव्यापी ध्यानाकर्षणका लागि आह्वान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ