arrow

युक्रेनी सैन्य पूर्वाधारमा रुसी आक्रमण

रुसले भन्यो- युक्रेनी सैन्य पूर्वाधारमाथि लक्षित आक्रमण गर्दै छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
russia-attack-ukraine.PNG

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनका विभिन्न शहरमा हवाइ हमला भएका छन् ।

रुसी सञ्चारमाध्यमका अनुसार पुटिनको घोषणापछि रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य पूर्वाधार, वायु रक्षा क्षेत्र, सैन्य एयरफिल्ड र युक्रेनी सशस्त्र बलको उड्डयन क्षेत्रमा लक्षित आक्रमण गर्दै ध्वस्त गर्न लागेको बताएको छ ।

पुटिनको घोषणापछि युक्रेनको राजधानी किभमा हवाइ आक्रमण भइसकेको छ भने, अन्य थुप्रै शहरहरुमा समेत हवाइ हमला भएको बताइएको छ ।

युक्रेनका दुई बन्दरगाहमा रुसी सेना उत्रिएको समेत रिपोर्टहरूमा जनाइएको छ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले सेनाले काम गरिरहेको भन्दै आफ्ना नागरिकहरूलाई शान्त भएर बस्न र सम्भवतः घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

यस्तै उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता भएको र उनले सहयोगका लागि आश्वासन दिएको बताएका छन् । 

बाइडेनले रुसमाथि थप कडा प्रतिबन्ध लगाउन जी७को सम्मेलन डाँकेका छन् । यस्तै युक्रेनको विषयलाई लिएर अमेरिकी विदेशमन्त्री र पेन्टागनका प्रमुखले नेटोका महासचिव सँग वार्ता गरेका छन् ।

यस्तै बेलायतका राष्ट्रपति बोरिस जोनसोनले रुसले गल्ती गरेको भन्दै आफूहरूले रुसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ